Logo

खेलकुद

च्याम्पियन्स लिगमा पोर्टोसँग पराजित एट्लेटिको मड्रिड युरोपा लिगमा पुग्न समेत असफल



काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा समूह चरणको अन्तिम खेलमा पराजित भएपछि एट्लेटिको मड्रिड यस सिजन युरोप लिगमा समेत नपुगि बाहिरिएको छ ।

च्याम्पियन्स लिग इतिहासमा एट्लेटिको पहिलो पटक समूहको पुछारमा रहन पुग्यो । गएराति भएको खेलमा एट्लेटिको मड्रिड एफसी पोर्टोसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो । यो हारसँगै एट्लेटिको अंक तालिकाको पुछारमा छ ।

समूह ‘बी’ को अर्को खेलमा क्लब ब्रुग र लेभरकुसनले गोलरहित बराबरी खेले । एफसी पोर्टो ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । समान खेलमा ११ अंक रहेको क्लब ब्रुग पनि अन्तिम १६ मा पुगेको छ । 

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार ०७:१०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।