काठमाडौं । आम निर्वाचनलाई लक्षित गर्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि भोलि वाचा पत्र सार्वजनिक गर्ने भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एक कार्यक्रममा सभापति रवि लामिछानेको उपस्थितिमा वाचा पत्र सार्वजनिक गरिने सो पार्टीले जनाएको छ ।
नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीहरुले यसअघि नै चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।




















प्रतिक्रिया