Logo

प्रमुख समाचार

काठमाडौं- ३ मा उम्मेदवारी निष्कृय बनाउन माओवादीको निर्देशन



काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी निष्कृय बनाउन निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालयले आफ्ना उम्मेदवारको उम्मेदवारी निष्कृय बनाउन निर्देशन दिएको हो । 

केन्द्रीय कार्यालयका अनुसार प्रतिनिधिसभा र प्रदेश सभा ‘क’ को उम्मेदवारी निष्कृय पार्न निर्देशन दिइएको हो । सत्तारुढ गठबन्धनबीच यो क्षेत्रमा नेपाली कांग्रेसको उम्मेदवार रहने सहमति भएको थियो ।

काठमाडौं–३ मा माओवादी केन्द्रबाट बद्री बजगाई र प्रदेशसभामा काठमाडौं ३ (क) मा कपिलमुनि उप्रेतीको उम्मेदवारी परेको  छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार १७:२१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।