Logo

प्रमुख समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीले आज ‘वाचापत्र’ सार्वजनिक गर्दै



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको छ । 

पार्टी सभापति लामिछानले बिहान ११ बजे ‘वाचापत्र’ सार्वजनिक गर्नेछन् । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘वाचापत्र’ सार्वजनिक गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । 

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलक्षित दलीय घोषणापत्र नेपाली कांग्रेस, नेकपा एमालेलगायत ठूला दलले सार्वजनिक गरिसकेका छन् । 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार ०७:५६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।