Logo

खेलकुद

रियल मड्रिड शीर्षस्थानमा



काठमाडौं । सेन्टिकलाई ५-१ अन्तरले हराउँदै रियल मड्रिडले समूह एफ मा शीर्ष स्थान पक्का गरेको छ । बुधबार रातिको जितसँगै रियल १३ अंक सहित शीर्षस्थानमा रहेको हो। १२ अंक बनाएको आरबी लाइपजिक दोस्रो स्थानमा रह्यो ।

तेस्रो स्थानको सख्तर डोनेस्कको ६ र चौथो स्थानको सेल्टिकले दुई अंक मात्र जोड्यो । सख्तर र सेल्टिक समूह चरणबाट माथि बढ्न असफल भएका छन् ।

घरेलु मैदानमा रियललाई जित दिलाउन लुका मोड्रिक, रोड्रिगो, मार्को एसेन्सियो, भिनिसियस जुनिअर र फेडेरिको भाल्भल्डेले समान एक-एक गोल गरेका थिए । सेल्टिकको लागि जोटाले एक गोल फर्काएका हुन् ।

राति नै भएको खेलमा लाइपजिकले सख्तर डोनेस्कलाई ४-० ले निराश पार्यो ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार ०८:५६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।