Logo

राजनीति

डडेल्धुरा पुगे देउवा, प्रतिस्पर्धी सागर ढकालले पनि गरे फूलमालाले स्वागत



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरा पुगेका छन् । आगामी मंसिर ४ को निर्वाचनलक्षित पहिलो चुनावी सभालाई सम्बोधन गर्न उनी गृहजिल्ला डडेल्धुरा पुगेका हुन् ।

बिहीबार धनगढीबाट डडेल्धुरा पुगेका उनले सदरमुकाम अमरगढी बजारमा आयोजित सभालाई सम्बोधन गर्दैछन् । देउवाले सभाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै डडेल्धुरावासीलाई धन्यवाद दिएका छन् । उनले मतदाता फकाउँदै न्यानो स्वागत र मायाका लागि आभार व्यक्त गरेका छन् ।

देउवालाई स्वागतका लागि सयौँ कांग्रेस कार्यकर्ता सभास्थलमा जम्मा भएका थिए । उनीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका सागर ढकालले पनि उनलाई स्वागत गरे ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १५:५५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।