काठमाडाैं । यतिबेला मुलुक निर्वाचनको माहोलमा होमिएको छ । चुनाव आफैमा हरेक देश र समाजको लागि भाग्य र भविष्यकाे फैसला गर्ने वैधानिक विधि हो । जुन विधिबाट जनताले समाजको बृहत्तर विकास गर्न सक्ने अनुभवी र योग्य उम्मेदवारलाई छनोट गर्न पाउँछन्, अर्थात जनताले चुनेका जनप्रतिनिधिले देशको विकासको खाका कोर्ने काम गर्दछन्र यो जनताको लागि पनि आफैमा महत्वपूर्ण परीक्षा हो ।
यदि जनताले चुनेका जनप्रतिनिधि आफैमा खराब छ भने त्यस्ता नेतृत्वहरुले सही काम गर्दछन् भन्ने अपेक्षा कसैले पनि राख्नु हुँदैन । वर्तमान नेपालको आवश्यक्ता भनेकै असल, इमानदार, नैतिकवान, विकासप्रेमि र देशभक्त नेतालाई देशको निर्णय गर्ने नीति निर्माण तर्जुमा गर्ने योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने स्थानमा पुर्याउनु हो, जसबाट मुलुकका राष्ट्रिय आवश्यकता पूरा गर्न सकियोस्।
नेतृत्व त्यस्तो होस् जसले समाजमा कुनै न कुनै रुपले योगदान गरेको होस्, समाजका कतिपय आवश्यकताहरुलाई परिपूर्तिको लागि हरहमेसा सक्रिय रहेको होस् । जनताका गुनासो सुनेर त्यसलाई कार्यान्वयन गर्ने सार्थक प्रयास गरेको देखियोस्, उद्यमशीलता निर्माण गरी थुपै्रलाई रोजगारी दिन सफल भएको होस् ।
कुनै पनि राजनिति गर्न चाहाना राख्ने जो कोहीले पनि भविष्यमा जनप्रतिनिधि बनेर जाँदा कुनै पनि प्रकारको पदीय दुरुपयोग गरी भ्रष्टाचार गर्न मनसाय नराख्ने प्रकारको होस्, उच्च प्रकारको नैतिकता इमानदारिता र दैनिक समाजको लागि काम गर्न लालाइत्, कर्तव्यपरायण र व्यवहारिक होस् । राष्ट्र, राष्ट्रियताको लागि जस्तोसुकै त्याग, तपस्या र बलिदान गर्न सक्ने खालको नेतृत्व यो देशले खोजेको छ । यसकारण आज जनताले चुन्ने नेतृत्वका बारेमा जनता स्वंयमले पनि स्वविवेक पुर्याउनु पर्छ ।
यति बेला आसन्न प्रतिनिधिसभा निर्वाचनमा चुनावी ब्याटलका लागि मैदानमा हजाराैं उम्मेदवार छन् । यी नै उम्मेदवारमध्येकी एक हुन्- कुन्तीदेवी पाेखरेल । राप्रपाबाट काठमाण्डौ क्षेत्र नं २ मा उम्मेदवार बनेकी उनकाे चर्चा चुलिँदै गएको छ । कुन्ती एक सफल युवा उद्यमी, व्यवसायी तथा राजनीतिकर्मी हुन् । उनले व्यवसाय थालेको करिब १० बर्ष भन्दा बढी समय भइसकेको छ । आज उनको व्यवसायले ठूलो छलाङ मारेको छ । उनले तयारी पोसाकमा नेपाललाई आत्मानिर्भर बनाउनका लागि आफ्नै कपडा उद्योग खोलेकी छिन्। नेपालमा नै तयार पारेको पोसाक हरेक नेपालीहरु माझ पु¥याउनका लागि अगाडि बढिरहेकी उद्यमी हुन् कुन्ती पोख्रेल ।
‘पोज फेसन’मा यतिबेला थुप्रै मानिसहरुले रोजगार पाइरहेका छन् । यसले एकातिर नेपाल र नेपालीलाई आफ्नै देशमा तयार पारिएका तयारी पोसाकले आत्मानिर्भर बनाइरहेको छ भने अर्कोतर्फ देशको आर्थिक विकासमा पनि योगदान दिइरहेको छ । उनी हरेक राजनितिकर्मीले आफ्नो छुट्टै व्यवसाय निर्माण गरी राजनीति गर्नुपर्ने बताउँछिन् । यसमा उनको तर्कछ, ‘भोलि जनताले चुनेर पठाएपछि भ्रष्टाचार गरेर खानुभन्दा आफ्नै व्यवसायमार्फत् आफ्नो जीवीको पार्जन गरेर राजनीतिलाई समाजसेवाको रुपमा हेरिर्नुपर्छ ।’ उनी ‘भ्रष्टचार गरेर खानु आमाको रगत खानु सरह हो’ भन्ने आफ्नो पार्टी राप्रपाकाे मान्यतालाई आत्मासात गरी मन, वचन र कर्मले समाजको सेवा गर्ने बताउँछिन् ।
उनले नेपालका चालीसभन्दा बढी जिल्लाहरुमा आफ्नो पैतालाले देशको भू–भाग टेकेकी छन् । उनको नेतृत्वमा रहेको गैरसरकारी संस्था “तारामण्डल महिला ससक्तिकरण अभियान”ले लाखभन्दा बढी महिलाहरुलाई उद्यमशीलता तथा सीपमूलक तालिम दिइसकेकी छिन् । उनले दिएको सीपमूलक तालीमले करिब एकलाख भन्दा बढिले रोजगार गरिरहेका छन् । समाजमा न्यूनआय भएका महिला दिदी–बहिनी तथा युवा वर्गलाई उनले विभिन्न तरिकाले सीप तथा आयमूलक कामममा लाग्नका प्रेरित गरिन्।
उसो त समाजसेवामा उनको आफ्नै प्रकारकाके विशिष्टता रहेको छ । उनले बाबुआमाबिहीन बालबालिकाको रेखदेख तथा शिक्षा, दिक्षा दिनको लागि “तारामण्डल महिला ससक्तिकरण अभियान” नामक गैरसरकारी संस्थामार्फत् थुप्रै बालबालिकालाई हेरचाह गरिरहेकी छिन् । उनले अफूले आयआर्जन गरको मध्येबाट पनि थोरै रकम छुट्ट्याएर समाजसेवामा खर्च गर्दै आइरहेकी छिन् । उनकाअनुसार मानिसले आफूले कमाएको मध्येबाट समाजमा अप्ठ्रोमा परेका मानिसहरुलाई सहयोग गर्नुपर्ने बताउँछिन्।
यतिबेला उनले आफ्नो पार्टीको घोषणापत्रको साथसाथै आफ्नो छुट्टै योजना तयार पारेकी छिन्, त्यो हो खेलकुद, मनोरन्जन, लेखन तथा पत्रकारितामा निरन्तर लागिपरेकाहरुलाई राष्ट्रिय जीवनमा योगदान पु¥याएबापत राष्ट्रले आफ्नो दायित्व
सम्झेर ६० वर्षपछि पेन्सन सुविधा उपलब्ध गराउनेयोजना रहेको छ । उनको यो योजना यतिबेला सवैले मनन् गर्न योग्य छ । उक्त योगदानले नेपालको खेल, मनोरन्जन, लेखन र पत्रकारितामार्फत देशलाई योगदान पु¥याउने र अन्तराष्ट्रिय अभ्यासमा समेत नयाँ प्रकारको थालनी हुने उनको बुझाइ छ । यस प्रकारको सुविधा दिलाउन विशेष प्रकारको योजना तयार पारेर सरोकारवाला सवैसँग बसेर कस्तो मापदण्डमा यो कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउने भन्ने बारेमा आमबहस गरेर यो विषयलाई अगाडि बढाउनुपर्ने उनको बुझाइ रहेको छ ।
यस कारण चर्चामा छिन् कुन्ती
१ उनी युवा हुन् ।
२ उनी उद्यमी हुन्, युवा अवस्थामा नै उनले हासिल गरेको व्यवसायिक सफलताको मुख्य कारण हो ।
३ करिब एक लाख भन्दा बढी मानिसहरुलाई सीप सिकाइ स्वरोजगार हुन दिएको योगदान अर्को महत्वपूर्ण कारण हो ।
४ उनीसँग रोजगार निर्माण कसरी गर्न सकिन्छ भन्ने बारेमा स्पष्ट भिजन छ ।
५ धेरै युवाहरुलाई रोजगार दिने, सकेसम्म थुप्रै युवाहरुलाई उद्यमी बनाउने उनको योजना रहेको छ ।
६ राष्ट्र, राष्ट्रियताको बारेमा उनको प्रष्ट धारणा छ, अर्थात नेपालको राष्ट्रियता अहिलेका दलहरुबाट जोगिन सम्भव छैन भन्ने कुरामा उनी स्पष्ट छिन् ।
७ भ्रष्टाचारको निवारण गर्न सक्षम युवा संसदमा पुगेर काम गर्नुपर्ने उनको बुझाइरहेको छ ।
८. नेपालको धर्म सस्कृतीमाथि निरन्तर भइरहेको अतिक्रमणको रोक्न तथा धर्म निरपेक्षताको खुलेर विरोध गरिरहेकी छिन्।
९ काठमाण्डौ क्षेत्र नं. २ मा उनले हालसम्म हासिल गरेको अनुभव प्रयोग गरी हरेक वडामा उद्यमी बन्नका लागि औधोगिक तालिम दिने उनको योजना छ ।
१० देशको सरकारी शिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन हालको बजेटलाई दोब्बर बनाउन ससंदमा प्रस्ताव पेस गर्ने उनको तयारि रहेको छ ।




















प्रतिक्रिया