Logo

राजनीति

तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने आदेशविरुद्ध निर्वाचन आयोग सर्वोच्चमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नं ३ मा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै (भ्याकेट) निर्वाचन आयोग सर्वोच्च अदालत पुगेको छ । आयोगले लाभको पदका सन्दर्भमा सर्वोच्च अदालतको एकल इजलासबाट गरिएको प्रारम्भिक व्याख्यामा असहमति जनाउँदै त्यसको खारेजीको माग राखी निवेदन दिएको छ ।

उम्मेदवार कार्कीको मनोनयन कायम राख्ने सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशमा आयोगले असहमति प्रकट गरेको हो । आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार अन्तरिम आदेश खारेजीको माग राखेर आजै निवेदन दर्ता गरिएको छ ।

निर्वाचन आयोगले विभिन्न आधार लिएर कार्की लाभको पदमा नै रहेको जिकिर गरेको छ । नेपाल मेडिकल काउन्सिलको सदस्यको रुपमा बैठक भत्ता लिने गरेको आधारमा लाभको पदमा रहेको भन्न नमिल्ने भन्दै गत मंगलबार न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम रहने अन्तरिम आदेश सुनाएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार १८:३०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।