Logo

खेलकुद

पीएम कप : एपीएफ र कर्णाली तथा मधेस र लुम्बिनी प्रदेश खेल्दै



काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा एपीएफ र कर्णाली प्रदेश तथा मूलपानी मैदानमा मधेस प्रदेश र लुम्बिनी प्रदेश खेल्दैछन् ।

दुवै खेल बिहान साढे नौ बजे सुरु हुनेछन् । एपीएफ आजको खेल जितेमा सेमिफाइनल पुग्ने छ भने कर्णाली पहिलो जितको खोजीमा छ । मधेस प्रदेश र लुम्बिनी प्रदेश भने दोस्रो जितको खोजीमा छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार ०९:३०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।