काठमाडौं । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रिसय गायिका उषा मलाहा सिमरनको नयाँ गीत ‘माया थिएन भने’ सार्वजनिक भएको छ । गीतमा राज कुमारको शब्द र संगीत रहेको छ ।
गीतको भिडियोमा ‘दुई नम्बरी’ निर्माता किरण नेपाली र चर्चित मोडल तथा टिकटकर स्मारिका ढकालको अभिनय रहेको छ भने उनीहरुलाई अर्की मोडल डिम्पल खरेल र सतिश सिंह खत्रीले साथ दिएका छन् । समसामयिक बिषयवस्तुलाई ध्यानमा राखेर बनाइएको भिडियोले गीतलाई धेरै हदसम्म न्याय गर्ने कोशिस गरेको छ । निर्माता नेपालीले पनि अब्बल कलाकारको रुपमा यसै भिडियोमार्फत आफूलाई प्रमाणित गरेका छन् ।
सोनी राईको श्रृङ्गार , खेम थापा मगरको छायाँकन रहेको भिडियोमा गीतकार संगीतकार राज कुमारकै सम्पादन तथा निर्देशन रहेको छ । भिडियो एक्का कम्पनी युटुयब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस्





















प्रतिक्रिया