Logo

प्रमुख समाचार

नीर शाह भन्छन्– प्रदीप पौडेल भोलिको सुन्दर नेपालको परिकल्पनाकार हुन्



काठमाडौं । वरिष्ठ कलाकार नीर शाहले नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप पौडेल भोलिको सुन्दर नेपालको परिकल्पनाकार भएको बताएका छन् । नेता पौडेलका लागि मत माग्दै कलाकार शाहले नेता पौडेल नेपालको गणतान्त्रिक आन्दोलनको बिगुल फुक्ने अग्रणी व्यक्ति भएको बताए ।

काठमाडौं ५ लोकतान्त्रिक बुद्धिजिबी तथा पेसाकर्मी समूहले गरेको बृहत कार्यक्रममा शाहले भने, ‘नेपालको गणतान्त्रिक आन्दोलनको बारेमा मैले धेरै भनिरहन परेन। उहाँ आन्दोलनको बिगुल फुक्ने अग्रणी व्यक्ति हुन् । यी यावतका कुरालाई केलाएर हेर्दा भोलिको नेपालको परिकल्पनाकार प्रदीप पौडेल हुन् ।’

साथै कलाकार शाहले केपी ओली नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा टिप्पणी समेत गरेका छन् । उनले ओली नेतृत्वको सरकारको गलत कदमका कारण गठबन्धन गर्नुपरेको बताए । सो कार्यक्रममा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, स्वास्थ्यविज्ञ डा. सुधा त्रिपाठी लगायतले धारणाा राखेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार १२:४३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।