काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले जनमत पाए देशमा लुटतन्त्र मच्चिने र देश कंगाल हुने बताएका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा सम्बोधन ओलीले गठबन्धनसँग मिसन र भिजन नभएको बताए ।
परमादेशबाट प्रधानमन्त्री नियुक्ती गर्नु संविधान संशोधन जस्तो काम भएको भन्दै ओलीले अनाधिकृत, असंसदीय सरकारले देशलाई कंगाल बनाइसकेको बताए । गठबन्धनले निर्वाचनमा पैंसा बाड्ने काम गरेकाे उनले आराेप लगाएका छन् । नेपाली जनताका ओइलाएका सपनाहरुलाई आफ्नो पार्टीले पुर्नजागरित गरेको बताए ।
ओलीले भने,‘स्वार्थले बनेको कठपुतली सरकार हो । स्वभिमान नभएको कठपुतली सरकार हो यो । यो अहिलेको गठबन्धन रियल्ली डेड हो । तर, यो क–कसले पम्पिङ गरिरहेको छ । ६ तिर मुख फर्किएको छ । चिउँडोले चपाइराखेका छन् । खन्चुवा, नीति, थीतिहिन गठबन्धन हो । दे ह्याभ अलरेडी डेथ ।’
गठबन्धनले जनमत पाए लुटतन्त्र मच्चीने र देश कंगाल हुने बताए । उनले जहाँ नेपाली त्यहाँ एमाले रहेको बताए । ओलीले भने,‘नेकपा एमाले एकातीर, अर्को तीर सय भाइ कौरव । ४ गतेको कुरु क्षेत्रमा स्वाहा हुन्छन् ।’ गठबन्धनसँग नीतिनै नरहेको उनले जिकिर गरे ।




















प्रतिक्रिया