Logo

राजनीति

मुख्य निर्वाचन अधिकृतबाट मतदानस्थलको निरीक्षण



कैलाली । कैलालीका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल नेतृत्वको टोलीले आशन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्लाको निर्वाचन क्षेत्र नं. ५ मा तोकिएका मतदानस्थलको आज निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिएकाे छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापासमेत संलग्न सो टोलीले क्षेत्र नं. ५ भित्र पर्ने बेला आधारभूत प्राथमिक विद्यालय र राष्ट्रिय माध्यमिक विद्यालय मतदानस्थलको निरीक्षण गरेको हो । उनीहरुले निर्वाचन क्षेत्र नं. ३ का विभिन्न मतदानस्थलको समेत निरीक्षण गरे । जिल्लामा २३७ मतदानस्थल तोकिएको छ ।

नमूना मतदान

यसैबीच बेला गाउँमा नमूना मतदान गरिएकाे छ । मतदानमा अधिकांश स्थानीय रानाथारु समुदायका मतदाता सहभागी भएका थिए । मतदानमा ६६मत खसेकोमा ६३ मत सदर भएको छ ।

प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले स्थानीय मतदातालाई मतदान गर्ने सही तरिकाबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार १९:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।