Logo

खेलकुद

चेल्सीलाई हराउँदै आर्सनल फेरि शीर्ष स्थानमा



काठमाडौं । आर्सनल इंग्लिस प्रिमियर लिगमा फेरि शीर्ष स्थानमा उक्लिएको छ । आइतबार साँझ भएको खेलमा चेल्सीलाई १–० ले पराजित गर्दै आर्सनल लिगको शीर्ष स्थानमा फर्किएको हो । 

आर्सनलले चेल्सीलाई उसकै गृहमैदान स्टामफोर्ड ब्रिजमा पराजित गर्दा गाब्रियल मागल्हेसले गरेको गोल निर्णायक बन्यो । खेलको ६३ औं मिनेटमा उनले गोल गरेका थिए ।

जितसँगै आर्सनलले १३ खेलमा ३४ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा आर्सनल २ अंकले अघि रहेको छ । चेल्सी भने २१ अंक जोडेर तालिकाको ७औं स्थानमा छ । 

यसअघि शनिबारको खेलमा फुलह्यामलाई पराजित गर्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको थियो । १३ खेल नै खेलेको सिटी ३२ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार ०६:४८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।