काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले फराकिलो जीत निकालेको छ ।
आइतवार राति भएको खेलमा न्युकासलले साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले हराएको हो । जीतसँगै न्युकासल तेस्रो स्थानमा उक्लिएको छ । न्युकासलले १४ खेलमा २७ अंक जोडेको छ ।
साउथह्याम्पटन १२ अंक जोडेर १८ औं स्थानमा रहेको छ । अर्को खेलमा क्रिस्टल प्यालेसले वेस्ट ह्याम युनाईटेडलाई २-१ ले हराएको छ । एजेन्सी




















प्रतिक्रिया