Logo

खेलकुद

सलाहको २ गोलमा लिभरपुलले टोटनहमलाई हरायो



काठमाडौं । मोमद सलाहले दुई गोल गरेपछि प्रिमियर लिग फुटबलमा लिभरपुलले आइतबार राति टोटनहमलाई २-१ ले पराजित गरेको छ ।

टोटनहमको मैदानमा भएको खेलमा सलाहले पहिलो हाफमै दुई गोल गरेका थिए । सलाहले खेलको ११औं मिनेटमा डार्विन नुनेजको पासमा पहिलो गोल गरेका थिए । यस्तै ४०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । टोटनहमका लागि ७० औं मिनेटमा ह्यारी केनले एक गोल फर्काए ।

जितपछि १३ खेलमा १९ अंक जोडेको लिभरपुल आठौं स्थानमा उक्लेको छ । टोटेनहम १४ खेलबाट २६ अंकसहित चौथो स्थानमा छ । लिगकै अर्को खेलमा न्युकासलले साउथह्याम्पटनलाई ४-१ ले पराजित गरेको छ । यस जितले १४ खेलबाट २७ अंक जोडेर न्युकनसल तेस्रो स्थानमा उक्लेको छ ।

न्युकासललाई जिताउन मिगुएल अल्मिरोन, क्रिस उड, जोए विल्लोक र ब्रुनो गुइमारेसले एक गोल गरे ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार ०८:४९   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।