काठमाडौं । नेकपा एमालेका नेता नवराज सिलवालकै वडामा लोकतान्त्रिक बामगठबन्धन प्रवेश गर्नेको लर्काे लागेको छ ।ललितपुर १ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार रहेका सिलवालकै वडामा ठूलो संख्यामा युवाहरुले एमाले परित्याग गरेका हुन् । उनीहरुले सिलवाल काम गर्नेभन्दा कुरा मात्रै गर्ने नेता भएको भन्दै एमाले परित्याग गरेको बताएका छन् ।
गोदावरी नगरपालिका वडा नं. ३ का ६५ जना युवा कार्यकर्ताहरुले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । आइतबार साँझ एक कार्यक्रमका बीच एमाले छोडेका युवाहरु लोकतान्त्रिक बामगठबन्धनका पक्षमा खुलेका छन् ।
उनीहरुले लोकतान्त्रिक बामगठबन्धनको विकल्प नरहेको भन्दै एमाले पार्टी विकासविरोधी भएको दावी समेत गरे । ठूलो संख्यामा एमाले र राप्रपा छोडेका युवाहरुलाई लोकतान्त्रिक बामगठबन्धनकातर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले गठबन्धनमा स्वागत गरे । राणासँगै प्रदेश सभा उम्मेदवार हरि दाहालले पनि युवाहरुलाई खादा लगाएर स्वागत गरेका थिए ।
वडा नं. ३ एमालेका प्रतिनिधिसभा उम्मेदवार सिलवाल र प्रदेश सभा उम्मेदवार मधुसुदन पौडेलको घर भएको वडा हो । ललितपुर १ मा पछिल्लो समय एमाले कमजोर बन्दै गएको छ। एमालेका उम्मेदवार सिलवालको कार्यशैलीप्रति स्थानीय रुष्ट छन् ।
पाँच वर्ष जनताका पक्षमा काम नगरेका सिलवाल चुनावमा मुखमा मात्रै देखिएको स्थानीयको आरोप छ । कांग्रेस नेतृत्वको गठबन्धनले मात्रै ललितपुर १ को विकास गर्ने एमाले परित्याग गरेका युवाहरुको दावी छ । कांग्रेस नेता राणाले पनि आफू विकास र समृद्धिका पक्षमा रहेको बताउँदै आएका छन् ।




















प्रतिक्रिया