Logo

मनोरञ्जन

गायक राजु ढुङगेलको ‘माइती घर’ सार्वजनिक



काठमाण्डौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक राजु ढुङगेल र गायक राम कुमार नेपालीको स्वरमा रहेको मौलिक नैमती बाजामा रहेको ‘माइती घर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक लयमा आधारित गीतमा जिवनका भोगाई र अनुभवलाई मौलिक रुपमा समेटिएको छ ।

दिपक खड्काको शब्द तथा राजु ढुङगेको लय सिर्जना र सञ्जय श्रीपालको एरेन्जमा गीत तयार गरिएको छ । आफू जन्मेहुर्केको परिवेशलाई छोडेर आगामी दिनमा सफल जिवन जिउने आशाका साथ माइती घरबाट विदा भएकी चेली विचको प्रसङ्गलाई गीतमा समेटिएको छ ।

करण चैसिरको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा याम गुरुङको निर्देशन तथा नृत्य निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा रिना थापा मगर , याम गुरुङ, प्रवेश थापा र आसरिना न्यौपानेको नृत्य देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार ११:२४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।