Logo

प्रमुख समाचार

५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकास मतदाताको मन जित्न सफल भए : प्रकाशमान सिहं



नेपाली कांग्रेसबाट काठमाण्डौ क्षेत्र नम्वर १ का प्रतिनिधि सभा उमेद्वार रहेका प्रकाशमान सिहंले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकास मतदाताको मन जित्न सफल भएको बताएका छन् । आज घरदैलो कार्यक्रमका क्रममा उनले उक्त कुरा बताएका हुन् ।

पछिल्लो समय चुनावी कार्यक्रममा व्यस्त रहेका सिहं आज पनि चुनावी घर दैलो कार्यक्रमका लागि निरन्तरता दिएका छन् । चुनावी प्रचारकै क्रममा आज उनले यस क्षेत्रबाट आफूलाई मतदाताले ३ पटक विश्वास गरेको तर शुरुको २ पटक संविधान र्निमाणमा व्यस्त रहनु परेकाले भौतिक विकासमा त्यति समय दिन नसके पनि संविधान र्निमाणपछि भने आफूले यस क्षेत्रको हरेक प्रकार विकासका गति विधि अगाडि बडाइरको बताएका छन् ।

हरेक टोल टोलमा आफूले कुनै न कुनै प्रकारको विकासको योजना जनता सामु पुर्‍याएको उनले बताए । सुकुम्बासी समस्या व्यवश्थापन देखि लिएर सामूदायिक विधालय सुधारका लागि पनि आफूले कार्य गरेको बताए ।

उनले सोही कारण पनि यस पटक मतदाताहरुले सकरात्मक प्रतिकृया दिइरहेको बताए । यस पटक विकाशका कामका विषयलाई लिएर जन गुनासो कम रहेको उनको भनाइ छ । मतदाताले मेलम्ची पानीको बारे गुनासो गरेको बताउदै उनले आफूले जनतालाई केहि समय कुरिदिन आग्रह गरे ।

विगतमा पनि कांग्रेस र आफ्नो नेतृत्वमा यहाँका जनताका साना साना निमण्त्रणालाई स्विकार गर्दै जनताका आवश्यकताहरु तथा गुनासोहरु नजिकबाट सुन्ने र समाधान गर्ने गरेको भएर मतदाताले यस पटक पनि कांग्रेस र आफूलाई बहुमत दिने विश्वाश व्यत्त गरे । विकाश काम साथै संविधान कार्यन्वयन गर्न कांग्रेस सहित गठवन्दनलाई मत दिन उनले आग्रह गरे।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार ११:५२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।