Logo

प्रमुख समाचार

पार्टी र पार्टी समर्थित उम्मेदवारविरुद्ध बागी उठेकाहरुलाई कांग्रेसले गर्‍याे कारबाही



काठमाडौं । नेपाली कांग्रेसले पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ७४ नेतालाई कारबाही गरेको छ । मंगलबार पार्टीको अनुशासन आयोगले विज्ञप्ति जारी गर्दै पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ७४ जना नेता तथा कार्यकर्तालाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको हो ।

आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले विज्ञप्ति जारी गर्दै बागी उम्मेदवार तथा त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थकलाई कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ वर्षका लागि पार्टीको अभिलेखबाट हटाउन निर्देश दिएका हुन् ।

यस्तै कांग्रेसले बागी उम्मेदवार, प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावलीहरू समेत अभिलेखबाट हटाइएको जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १९:२०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।