Logo

राजनीति

बाँकेलाई सिधा सिहंदरबारसँग जोडेको छु : खेलकुमन्त्री गहतराज



बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बाँकेलाई सिधा सिंहदरबारसँग जोडेको बताएका छन् । मंगलबार राप्तीसोनारी गाउँपालिका वडा नं. ६ स्थिति चुनावी सभालाई सम्बोधन गर्दै उनले बाँके जिल्लालाई सिधा सिहंदरबारसँग जोडेको बताएका हुन् ।

‘मलाई पहिलो पटक चुनाव जिताएर यहाँहरुले मन्त्री बन्ने अवसर जुटाइदिनुभएको छ’, मन्त्री गहतराजले भने, ‘मैले क्षेत्रको प्रतिनिधित्व गर्दै बाँकेलाई सिंहदरबारसम्म जोडे सफल भएको छु ।’

आफ्नो ५ वर्षे कार्यकालमा पटक पटक संसदमा बाँकेका समस्याहरु उठाएको स्मरण गर्दै बाँके १ बाट प्रतिनिधिसभा उम्मेदवार समेत रहेका उनले भने, ‘बाँकेको पहुँच सिधै सिहदरबारसम्म स्थापित भईसकेको छ । यहाँको बिकासका निम्ति म सधैं प्रतिबद्ध छु, फेरि पनि निर्वाचित गराएर उक्त जिम्मेवारी दिनुहुनेछ भन्ने आशा लिएको छु ।’

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १९:५९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।