Logo

समाचार

विनाअनुमति उडिरहेको विमानमै अन्तर्वार्ता दिएपछि पाइलट लामालाई उडानमा रोक



काठमाडौं । उडिरहेको विमानको ककपिटमा अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएपछि नेपाल वायुसेवा निगमले पाइलट विजय लामालाई उडानमा रोक लगाएको छ । उडिरहेको विमानको ककपिटमा भिडियो वा फोटोग्राफी गर्नुपूर्व महानिर्देशकबाट अनुमति लिनुपर्ने प्राधिकरणको नियममा छ । तर पाइलट लामाले नियमनकारी निकायको अनुमतिविना उडिरहेको विमानको ककपिटमा भिडियो अन्तर्वार्ता दिएपछि ग्राउन्डेड गरिएको हो ।

वायुसेवा तथा उड्डयनकर्मीहरूको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि ग्राउन्डेड गरेको हो । विभागले लामालाई ग्राउन्डेड गरेको जानकारी बबरमहलमा रहेको प्राधिकरण र सिनामंगमाल रहेको विभागलाई पनि गराएको प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

‘उडान सञ्चालन नियमविपरीत उडिरहेको विमानमा भिडियोग्राफी गरेको उजुरीका आधारमा पाइलट लामालाई ग्राउन्डेड गरिएको हो,’ निगमको अपरेसन विभागले जारी गरेको कारबाहीपत्रमा लेखिएको छ ।

५८ वर्ष उमेरहदले अवकास पाएका लामाले हाल करार सेवामा निगमको वाइडबडी विमान उडाउँदै आएका छन् । उनले दुबईबाट काठमाडौं आउँदै गरेको निगमको विमानमा एक विदेशी भ्लगरलाई अन्तर्वार्ता दिनुका साथै अनुमति नलिई भिडियोग्राफी गर्न दिएका थिए ।

भिडियाे हेर्नुहाेस्

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार ११:१७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।