Logo

प्रमुख समाचार

उम्मेदवार निधन भएको मोरङ ३ मा आजैबाट मनोनयन प्रक्रिया सुरू हुन्छ : आयाेग



काठमाडौं । मोरङ ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपनि त्यहाँको निर्वाचन नसर्ने भएको छ ।

उम्मेदवारको निधनको औपचारिक जानकारी आएपछि आजबाटै निर्वाचन मनोनयन प्रक्रिया सुरू हुने निर्वाचन आयाेगले बताएकाे छ । यहाँ कांग्रेसले अब अर्को व्यक्तिलाई मैदानमा सार्नुपर्नेछ ।

निर्वाचन हुने मितिको सात दिनअघि उम्मेदवारको निधन भएमा निर्वाचन नरोकिँने आयाेगले जानकारी दिएकाे छ । उम्मेदवारकाे निधन भएकाे औपचारिक जानकारी आउनासाथ आजैबाट मनोनयन प्रक्रिया सुरू गरिने भएकाे छ ।

निधन भएका थापा प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री समेत हुन् । सो क्षेत्रमा एमालेका किशोर राई चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १२:३७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।