Logo

राजनीति

हामीले टक्कर दिएपछि केपी ओली बौलाएर हिँडेका छन् : माधव नेपाल



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई आफूहरुले टक्कर दिएपछि बौलाएर हिँडेका टिप्पणी गरेका छन् । आज (बिहीबार) बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीलाई कसैले ढाल्न सक्दैन भन्नेहरुलाई केपी ओलीलाई ढालेर देखाइदिएको बताए ।

‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सकिन्दै भनेर’, अध्यक्ष नेपालले भने, ‘टक्कर दिएपछि अहिले केपी ओली बौलाएको होकी के बोल्छन् बोल्छन् । बरबराएको होकी उटपटयाङ कुरा गर्छन्। त्यो सबै संग्रह निकाल्न पर्यो के के बोल्यो सुरु देखि अहिलेसम्म । के के गाली गलौजको भाषाहरु बोलेका छन् । उनका कुराहरु भनेको आक्रोशले भरिएको छ ।’

नेपालले स्वार्थी मान्छेहरुले जनतालाई गफले अल्मलाएको बताए । ‘झूटो प्रचार गरेर अल्मल्याउन सक्छ । हावा गफ गरेर अल्मल्याउन सक्छ । त्यसभित्र केही तत्वहरु हुन सक्छ । जसमा स्वार्थपन रहेको हुन्छ । स्वार्थमा गाजिएका हुन्छन्’, उनले भने, ‘केही केही पार्टीहरु देख्नुभएको छ । गफाडीको गफ गर्ने थलो भएको छ ।’

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार ११:२०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।