Logo

कोशी प्रदेश

मोरङ–३ (१) मा कांग्रेसका मानबहादुर लिम्बुद्वारा उम्मेदवारी दर्ता



विराटनगर । मोरङ निर्वाचन क्षेत्र–३ (१)मा नेपाली कांग्रेसका मानबहादुर लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिको समय सीमाभित्र कांग्रेस महासमिति सदस्य लिम्बुले आज (बिहीबार) उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेशका वन, वातावरण तथा भू–संरक्षणमन्त्री समेत रहेका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले लिम्बुलाई अघि सारेको हो । बेलबारी–८ का लिम्बु नेविसंघ मोरङका पूर्वअध्यक्ष हुन् । लिम्बुको यस क्षेत्रमा एमालेका उम्मेदवार पथरीशनिश्चरे नगरपालिकाका पूर्वप्रमुख दिलीपकुमार राईसँग मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार १६:५१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।