Logo

राजनीति

नागरिकता समस्या हल हुन सत्ता गठबन्धनको जित आवश्यक : विमलेन्द्र निधि



कलैया । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सत्ता गठबन्धन अहिलेको आवश्यकता भएको भन्दै गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आह्वान गरेका छन्। कांग्रेस बाराद्धारा पार्टी कार्यालय कलैयामा बिहिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता निधिले गठबन्धनका उम्मेदवारहरुलाई भोट हालेर सत्तागठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

४ मंसिरको चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार गठन हुने र त्यहि सरकारले नागरिकता विधेयक अघि बढाएर नागरिकता समस्याको सधैँका लागि हल गर्ने उनले बताए । नेता निधिले चुनावमा एमाले नेतृत्वको गठबन्धन बलियो भएमा नागरिकता समस्या कहिल्यै पनि हल नहुने उल्लेख गरे ।

कांग्रेस जिल्ला सभापति राजेश यादवको सभापतित्वमा भएको अगुवा कार्यकर्ता भेलामा पूर्व राज्यमन्त्री कलावती पासवान, पूर्व सांसद डा. शोभाकर पराजुलीलगायतले पार्टीभित्रका सानातिना विवादलाई भुलेर गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार १७:२२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।