झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतप्रतिको नीति स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । झापाको सुरुङ्गामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री देउवाको भारतप्रतिको नीति स्पष्ट नभएको भन्दै आपत्ति जनाए ।
बुधबार दार्चुलाको चुनावीसभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले ‘अतिक्रमित जमिनबारे ओलीले दार्चुलामा नभई भारतसँग कुरा गर्नुपर्ने’ भनि टिप्पणी गरेका थिए । उक्त टिप्पणीप्रति आपत्ति जनाउँदै ओलीले देउवाको स्पष्ट नीति नहुँदा मुलुकका जनताले दुःख पाएको बताए ।
चुच्चे नक्सा जारी गर्दा हस्ताक्षर गरेर सहमति जनाउने तर अहिले अतिक्रमित जमिनप्रति चुप लागेर बसेको भन्दै ओलीले प्रधानमन्त्री देउवाको नीति के हो ? भनेर प्रश्न गरेका थिए । ‘भारतप्रति तपाईंको नीति के हो ? चुच्चे नक्सा जारी गर्दा हस्ताक्षर गर्ने, हात उठाएर सहमति जनाउने अनि अहिले चुप लागेर बस्ने ?’ उनको प्रश्न थियो ।




















प्रतिक्रिया