काठमाडौं । निर्वाचन आयोगले देशभरका अस्थायी मतदातालाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्नका लागि १४१ अस्थायी मतदान केन्द्र तोकेको छ । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तर, आफ्नो स्थायी ठेगानाभन्दा बाहिर रहेका कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी तथा वृद्धाश्रममा रहेका व्यक्तिले प्रतिनिधिसभा सदस्य समानुपातिक प्रणालीतर्फ मतदान गर्न पाउँछन् ।
आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने निर्वाचनअन्तर्गत समानुपातिकमा मतदान गर्ने अस्थायी मतदाताका लागि ७७ वटै जिल्लामा मतदान केन्द्र कायम गरेको हो । २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्न पाउने व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको हो ।
हेर्नुहाेस् अस्थायी मतदाताका लागि ताेकिएकाे मतदान केन्द्र
























प्रतिक्रिया