काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार प्रकाशमान सिंहलाई स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद लिम्बुले समर्थन गरेका छन् । उनले शुक्रबार एक कार्यक्रमका बिच सिंहलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्कृय गरेको बताए ।
‘काठमाडौं क्षेत्र नम्बर १ मा खटिरहँदाखेरी धेरै उम्मेवारहरुको विश्लेषण पनि गरिरहेको थिएँ’, कार्यक्रममा उनले भने, ‘त्यो विश्लेषण गर्दा क्षेत्र नम्बर १ लाई आवश्यक भएको उम्मेदवार चाहिँ प्रकाशमान सिंह नै भन्ने निष्कर्ष निकालें ।’
उनले सिंहले अघि सारेको ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ भन्ने चुनावी नारा आफूलाई मन परेको बताए । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रहरुमध्ये सबैभन्दा धेरै विकास क्षेत्र नम्बर १ मा भएको र त्यो नेता सिंहकै कारण भएको निष्कर्ष समेत उनले सुनाए ।
यसअघि लोसपाका उम्मेदवार प्रकाश नायजु र अर्का रणविर सिंहले पनि सिंहलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्कृय भएको घोषणा गरेका थिए । नेता सिंह वाम लोकतान्त्रिका तर्फबाट काठमाडौं–१




















प्रतिक्रिया