काठमाडौं । गायक छवि न्यौपानेकाे सुमधुर स्वरमा रहेकाे नयाँ गीत ‘टन्नै माया तिमीलाई’काे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । रियल स्टेट व्यवसयाीका रुपमा अमेरिकामा आफ्नो भिन्न छवि बनाउन सफल गायक न्याैपाने आफ्नो व्यवसायलाई थाँती राखेर नेपाली गीत संगीतलाई प्रवर्द्धन गर्ने कार्यमा निरन्तर लागि परेका देख्दा उनका साथी, सहयात्री र आफन्तहरुले उनको प्रशंसा गर्दै आइरहेका छन् ।
गीत संगीतलाई निरन्तरता दिने क्रममा हालै न्यौपानेको आफ्नै स्वरमा सजिएको ‘टन्नै माया तिमीलाई’ सार्वजनिक भएकाे हाे । जसमा उनलाई मिलन नेवारले साथ दिएकी छन् । गोपी दाहालको शब्द, अम्बर तुम्बापो सुब्बाकाे संगीत र गोपाल रसाइलीले अरेन्ज गरेका छन् । अहिलेको समयलाई मध्य नजर गरेर गीत निर्माण गरिएको देखिन्छ ।
गम्भीर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, नबिन निरौलाको सम्पादन र सुबोल थापाको कोरियोग्राफी रहेको छ । जसमा नेपाली मोडलिगंको दुनियाको जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माकाे राेमान्स छ । भिडियोलाई रेअल्टर छबि न्यौपाने–सिनसिनाटि, ओहाइयोले निर्माण गरेको हो ।
भिडियाे हेर्नुहाेस्





















प्रतिक्रिया