काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई मतदान गरे मात्र देशको विकास हुने दाबी गरेका छन् । उनले पश्चिम सेतीजस्ता आयोजना र स्तरीय उपचार पाउने अस्पतालको विकास एमाले नेतृत्वको सरकारले मात्र गर्न सक्ने दाबी गरे ।
शनिबार डोटीको दिपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नाकाबन्दीको सामना आफू एक्लैले नभई सम्पूर्ण नेपाली जनताले गरेको बताए । यस्तै संविधान संशोधन पनि आफू एक्लैले नभई सबै सांसदहरुले गरेको उल्लेख गरे ।




















प्रतिक्रिया