Logo

राजनीति

नरैनापुरलाई ग्रामीण सहरका रुपमा विकास गर्छौं : मन्त्री गहतराज



कोहलपुर । बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेको नरैनापुरलाई ग्रामीण सहरका रुपमा विकास गरीने बताएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार गहतराजले आगामी ५ वर्ष भित्र नरैनापुरको मुहार फेरिने बताउँदै जिल्लाको नयाँ सहरका रुपमा नरैनापुरलाई विकास गरीने बताएका हुन् ।

शनिबार गठबन्धनका तर्फबाट नरैनापुर गाँउपालिकामा आयोजित चुनावी सभामा बोल्दै माओवादी केन्द्रका स्थाई समिती सदस्य समेत रहेका मन्त्री गहतराजले आफ्नो पहिलो कार्यकालमा नरैनापुरमा बिकासको जग तयार गरिएकाले आगामी पाँच वर्ष विकासको वर्ष हुने जिकीर गरे । उनले विगतमा दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुरमा बिजुली, सडक पुर्वाधार, नदि नियन्त्रण, विद्यालय, खानेपानी लगायतका पूर्वाधारहरु निर्माण गरिएको भन्दै अब कृषि, पर्यटन र रोजगारमा जोड दिइने बताए ।

उनले नरैनापुमा छोटी भन्सार, ईलाका प्रशासन, नापी तथा मालपोतका शाखा कार्यलय स्थपनामा पनि जोड दिइने दाबि गरे । कृषि उत्पादनको दृष्टिले नरैनापुर उर्वर भूमी भएकाले छरिएर रहेका बस्तीलाई एकिकृत गरी ग्रामिण सहर निर्माण गर्नुपर्ने भन्दै उनले कृषिजन्य उत्पादन बढाउन र त्यसको बजारीकरणमा सहजता हुने उल्लेख गरे । उनले नरैनापुरलाई कृषि हबका रुपमा बिकास गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार १४:१२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।