Logo

प्रमुख समाचार

देउवालाई ओलीको जवाफ : प्रचण्डको संगत भयो भनेर बन्दुकको धाक लाउन पर्दैन



सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बन्दुकको धम्की नदिन चेतावनी दिएका छन् । आइतबार एमाले सुर्खेतले आयोजना गरेको सभामा ओलीले प्रचण्डको साथमा छु भन्दैमा बन्दुकको धम्की नदिन चेतावनी दिएका हुन् ।

‘कांग्रसेले १७ वटा फौजी क्याम्प ८ सालमा दक्षिणको छिमेकीलाई उत्तरमा राख्न दियो, अहिले शेरबहादुरजी भन्दै हुनुहुन्छ यसरी बोलेर हुँन्छ ? भनेर हुन्छ ? लेखेर हुन्छ ? बन्दुक लिएर जाउँ । शेरबहादुरजी प्रचण्डको संगत भयो भनेर बन्दुकको धाक लाउन पर्दैन,’ ओलीले भने, ‘हामीसँग बन्दुकका कुरा गर्नु पर्दैन किर्तिनिधि विष्टले २६ सालमा कांग्रेसले राखेका फौजी क्याप फिर्ता गरिदिएका थिए । हामी छिमेकीसँग शान्ति चाहन्छौँ द्वन्द्व होइन ।’

सय वटा स्यालले एउटा सिंहलाई घेराबन्दी गर्न नसक्ने ओलीले टिप्पणी गरेका थिए । गठबन्धनभित्रका दलहरूले छुट्टा-छुट्टै घोषणापत्र ल्याएर जनता अल्मल्याएको उनको भनाइ छ ।

‘गठबन्धनले बनाएको घोषणापत्र आ-आफ्नै घोषणा पत्र छ । यदि जितेको खण्डमा कसेको घोषणा पत्र लागू गरेर सकार चलाउँछन् ?’ ओलीले भने, ‘त्यसैले एमालेको एउटै अभियानमा साथ दिनुहोस्, जोडजाड गरेका स्वार्थहरूको सरकार होइन् सुदृढ राष्ट्रिय शक्ति चाहिएको छ, त्यो एमालेले गर्छ ।’

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार १८:१९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।