Logo

राजनीति

डा. गोविन्द केसीले मागे पुकार बमलाई भोट



काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसी काठमाडौं–१ मा प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार पुकार बमको पक्षमा उभिएका छन् । उनले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र सामाजिक न्यायको अभियानमा झण्डै १० वर्षदेखि सक्रिय रहेका कारण आफूले बमलाई सही उम्मेदवारका रुपमा लिएको बताएका छन् ।

आइतबार एक भिडियो सन्देशमार्फत डा. केसीले भनेका छन्, ‘यो अभियानमा उहाँ प्रत्यक्ष रुपमा नै सहभागी हुनुहुन्छ, त्यो सँगसँगै राष्ट्रिय मुद्दामा, सामाजिक, आर्थिक मुद्दामा उहाँहरुले जुन पार्टीको सरकारको हुँदा पनि जवाफदेही बनाउन सक्रिय हुनुभएको छ ।’उम्मेदवार बमले राष्ट्रिय विपदमा परे

का बेला नेपाली समाज र पीडित वर्गलाई ठूलो सहयोग गरेको र आफ्नो स्वास्थ्यको समेत परवाह नगरेर स्वच्छ, सभ्य लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न कोशिस गरेको केसीले बताएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार १९:३४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।