Logo

राजनीति

प्रभु साहलाई सहयोग गरेकाे भन्दै ५ जनप्रतिनिधिलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण



काठमाडौं । नेकपा एमाले परित्याग गरी रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सहयोग गरेको भन्दै एमालेले पाँच जना जनप्रतिनिधिलाई स्प्ष्टीकरण सोधेको छ । नेता साहकै श्रीमती मौलापुर नगरपालिकाकी मेयर रिना साह, उपमेयर नागेन्द्रराय यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल र गरूडा नगरपालिकाका मेयर कन्थमनीप्रसाद जयसवाललाई स्पष्टीकरण सोधिएको हो ।

पार्टीको विधान विपरीत स्वतन्त्र उम्मेदवार साहको चुनावी प्रचारप्रसारमा संलग्न भएको भन्दै २४ घण्टा भित्रमा स्पष्टीकरण पेश गर्न एमाले मधेस प्रदेश कमिटीले उनीहरूका नाममा पत्र काटेको छ ।

अन्यथा पार्टीको विधान अनुसार कारबाही हुने चेतावनी पनि पत्रमा दिइएको छ ।पूर्व माओवादी नेता साहले एमालेको टिकट लिएर पनि रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । उनले आफ्नो स्वतन्त्र उम्मेदवारी एमालेकै हितमा रहेका दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार २१:०८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।