Logo

प्रमुख समाचार

तोसिमाको उम्मेदवारी कायम, सर्वोच्चद्वारा अन्तरिम आदेशलाई निरन्तरता



काठमाडौं । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा तोसिका कार्कीको उम्मेदवारीसम्बन्धी विवादमा यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । निर्वाचन आयोगले अदालतको आदेशप्रति चित्त नबुझाएर भ्याकेट निवेदन लिएर गएकामा अदालतले यसअघि कै अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार उनी मेडिकल काउन्सिलको निर्वाचित सदस्य पदमा रहेको र सो लाभको पद रहेको दाबी गर्दै आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो । तर, यसविरुद्ध तोसिमाले रिट दायर गरेकामा  न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो । 

त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भएको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १५:०६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।