चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखामा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हालत देखिएको बताएका छन् ।
चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले गुन्डा पठाएर मान्छे कुट्न लगाएको आरोप लगाए ।
उनले प्रचण्डलाई लक्षित गर्दै भने, ‘मैले माडीमा आउँदा भनेको थिए मणि बनाउनतिर जान्छु भनेर । मैले राम र लक्ष्मण जन्मिएको ठाउँमा। राम लक्ष्मणहरू बसेको र राज गरेको ठाउँमा बचपन हुँदा खेलेका होलान् । त्यो ठाउँमा राम जन्मभूमि ल्याउँदा यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठाए ।’
उनले एमालेसँग दुस्मनी गर्दा आफैँ सकिने दाबी गरे।
ओलीले प्रतिगमन गर्यो भनेर लोकतन्त्रको रक्षा गर्न आएका भन्नेहरूले बियरको बोतल बोकेर अर्काको टाउकोमा हान्न लगाएको आरोप लगाए ।




















प्रतिक्रिया