काठमाडौं । काठमाडाैं निर्वाचन क्षेत्र नम्बर ४ (१) का गठबन्धन उम्मेदवार तथा कांग्रेस नेता श्रीराम लामिछानेले आफ्नो क्षेत्रको विकास पहिलो प्राथमिकतामा रहेकाे बताएका छन् । एक चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यही निर्वाचन क्षेत्रको माटो खेलेर हुर्किएकोले आफ्नै क्षेत्रकाे विकास गर्नु पहिलो लक्ष्य रहेका बताए ।
काठमाडौं ४ कांग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो । दुई प्रदेश रहेको उक्त निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्र १ तर्फ गठबन्धनका साझा उम्मेदवारको रूपमा नेता लामिछाने चुनावी मैदानमा छन् भने २ मा समाजवादीका कुसुम कार्की चुनावी दौडमा छिन् ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौं ४ मा गगन थापालाई बलियो प्रतिस्पर्धी रूपमा हेरिएको छ । थापासँग मुलत एमाले नेता राजन भट्टराईको कडा प्रतिस्पर्धा हुने देखिएकाे छ ।
प्रदेश निर्वाचन क्षेत्र १ का उम्मेदवार लामिछाने कांग्रेस राजनीतिमा लामो समय सक्रिय जीवन बिताएका नेता हुन् । उनकाे एमालेका तेज ढकालसँग मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । नेता लामिछाने सोही क्षेत्रमा पर्ने चाबहिल कुमारीगालका स्थानीय बासिन्दा हुन् ।
कांग्रेसमा निष्ठाको राजनीति गर्ने विद्यार्थी राजनीतिबाट उदाएका सरल स्वभावका मान्छेको चर्चा प्रदेश निर्वाचन क्षेत्र १ तर्फ चुलिनुले लामिछानेकाे पक्षमा निर्वाचन परिणाम आउने आङ्कलन गरिएकाे छ ।




















प्रतिक्रिया