काभ्रे । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं काभ्रे निर्वाचन क्षेत्र नम्बर १ का वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सुर्यमान दोङ लालध्वजले आफ्नो मुल्य प्रतिस्पर्धी नेकपा एमालेका रेशम लामालगायतका टाेलीसँग भोट मागेका छन् । पूर्व उर्जा राज्यमन्त्रीसमेत रहेका नेता लालध्वजले मंगलबार पनौती नगरपालिका ५ चौकोटमा एमालेका उम्मेदवार लामासहितको अभियान टोलीसँग मत मागेका हुन् ।
वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लालध्वजले एमालेका नेता कार्यकर्ताहरुलाई विवेक पुर्याएर समुन्नत र विकसित काभ्रे निर्माणका लागि आफूलाई मत हाल्न अनुरोध गरे ।
उनले स्थायीत्व र विकासका पक्षमा रहेका एमालेहरुले समेत आफूलाई मत हाल्ने विश्वास व्यक्त गरे ।लालध्वजले थपे ‘रेशमजी लगायतका एमाले नेताहरू तल्लो स्तरमा झरेर गाली गलौचमा उत्रिनु भएको छ । म त्यो स्वभावको मान्छे होइन, चुनाव एउटा प्रक्रिया हो, मलाई पूर्ण विश्वास छ, संविधानको पक्षधर साथीहरूले मलाई मत हालेर यो प्रक्रियालाई पूर्णता दिनुहुनेछ ।’




















प्रतिक्रिया