Logo

राजनीति

नवलपरासी पुगेर प्रदीप खड्काले माग विनोद चौधरीलाई भोट



काठमाडौं । अभिनेता प्रदीप खड्काले नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीका लागि भोट मागेका छन् । मंगलबार बर्दघाटमा नवलपरासी–१ बाट गठबन्धनका तर्फबाट एम्मेदवार बनेका नेता चौधरीको चुनावी सभामा प्रदीप पनि सहभागी भए ।

सोही कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए । आयोजकले प्रदीपलाई मञ्चमै आसन ग्रहण गराएका थिए ।

प्रदीपले आमसभालाई सम्बोधन समेत गरेर विनोद चौधरीलाई जिताउन मतदातालाई अपील गरे । यसअघि राजनीतिक विषयमा नखुलेका प्रदीपले यो चुनावमा गठबन्धनको पक्षमा आफूलाई खुलाएका हुन् । भारतबाट आएलगत्तै प्रदीप उम्मेदवार चौधरीलाई भोट माग्न सिधै नवलपरासी पुगेका हुन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार १८:०३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।