Logo

खेलकुद

नेपाल आज पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्दै



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

पाकिस्तान, फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो। नेपालले जितको लक्ष्यका साथ खेलमा सहभागी हुने दाबी गरेको छ ।

खेलअघि मंगलबार आयोजित प्रि-म्याचकन्फरेन्समा नेपाली टोलीका प्रशिक्षक प्रवेश कटुवालले छोटो समयमा खेलाडीले राम्रो तयारी गरेकोले जितका लागि खेल्ने दाबी गरेका हुन् ।

नेपाली टोलीका कप्तान रोहित चन्दले टोलीमा लामो समय खेले पनि कप्तानको रूपमा खेल्न पाउनु खुसीको क्षण भएको बताएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार ०६:४६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।