Logo

राजनीति

प्रचण्ड सहभागी भएका कार्यक्रमस्थल नजिक बम बिस्फोट



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको कार्यक्रमस्थल नजिकै बम बिस्फोट भएको छ। बुधबार भोजपुरको तिवारी भन्ज्याङमा प्रचण्ड सहभागी चुनावी सभास्थल नजिकै बम बिस्फोट भएको हो ।

बम कसले बिस्फोट गराएको हो भन्नेबारे खुलिसकेको छैन । बम विस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले बम बिस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

बुधबार प्रचण्ड प्रदेश १ का विभिन्न स्थानमा आयोजित चुनावीसभामा सहभागी हुने क्रमअनुसार भोजपुर पुगेका हुन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार १५:२६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।