भोजपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोजपुरबाट सुदन किरातीलाई जिताएर पठाए रोजेको मन्त्रालय सुम्पिने बताएका छन् । भोजपुरका तिवारी भन्ज्याङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले किरातीलाई मन्त्री बनाएर ऋण तिर्ने बताएका हुन् ।
‘मैले सुदनजीलाई पुरानै ऋण तिर्नु छ । पहिला पनि मन्त्री बनाउन खोजिएकै हो सकिएन’ प्रचण्डले भने, ‘अब निर्वाचित भएपछि रोजेकै मन्त्रालय दिन्छु । तपाईंहरु सुदनलाई जिताएर पठाउनुस् ।’ भोजपुरबाट सत्ता गठबन्धनका साझा उम्मेदवार किराती माओवादीबाट प्रतिनिधिसभा उम्मेदवार छन् ।




















प्रतिक्रिया