Logo

अर्थ

स्मार्ट चोइस टेक्नोलोजिजको ओम्नीच्यानल सोलुशन – “फास्ट बैंकिङ्ग“ सार्वजनिक



काठमाडौं । नेपाली बैंकिङ्ग जगतमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्कििएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ बिगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नीच्यानल सोलुशन फास्ट बैंकिङ्ग सार्वजनिक गरिएको छ । वुधबार होटेल ¥याडिसनमा आयोजित फास्ट बैंकिङ्ग लन्च समारोहमा उक्त सेवा सार्वजनिक गरिएको हो ।

राष्ट्र बैंकका पदाधिकारीहरु, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल बैंकिङ्ग र आइटी क्षेत्रसँग सम्बन्धित कर्मचारीहरु, भुक्तानी तथा फिनटेक जगतका प्रतिनिधिहरु तथा मिडिया कर्मीहरूको उल्लेख्य सहभागिता रहेको उक्त समारोह नेपाल बैंकर्स एसोसिएसका अक्ष्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एप(ब्एए) अनावरण गरेका थिए ।

कर्यक्रममा स्मार्ट चोइस टेक्नोलोजिजको संक्षिप्त विवरणसँगै फास्ट बैंकिङ्गको बारेमा बिस्तृत जानकारी दिँदै कम्पनीका प्रमुखकार्यकारी अधिकृत नारायणप्रकाश भुजुले बैंक तथा वित्तीय संस्थाले फास्ट बैंकिङ्गको सेवालाई डिजिटल बैंकिङ्ग एक्पिरियन्सलाई थप सुदृढ गर्दै नयाँ आयाम दिन सक्ने बताए ।

हल बैंक तथा वित्तीय संस्थाहरुमा प्रयोग भएको मोबाइल बैंकिङ्ग सेवा विशेष गरी भुक्तानी तथा फन्ड ट्रान्सफरमा मात्र केन्द्रित रहेकाले बैंकिङ्ग सुबिधा लिन अझै पनि बैंककै शाखामा नै धाउनु पर्ने बाध्यता रहेको परिस्थिति औल्याउँदै सो सोलुशनमा थप सुविधाहरुका साथ ओपन एपीआई ब्एक्ष् मार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्गमै जोड्न सकिने जानकारी दिए ।

टेक्नोलोजी पार्टनर स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले फास्ट बैंकिङ्गको आन्तरिक संरचना तथा प्राविधिक हिसाबले फास्ट बैंकिङ्ग अहिले बजारमा उपलब्ध मोबाइल बैंकिङ्गभन्दा कसरी सुदृढ, स्केलेबल र सुरक्षित छ भन्ने प्रकाश पारे । हाल ग्लोबल आइएमई बैंकमा संचालन माल्याइसकिएको यो सुबिधा कसरी फरक छ र यो सुबिधा संचालन गरे पश्चात बैंकका कर्मचारी तथा ग्राहकलाई भएको फाइदा र अनुभब बैंकका ट्रानजेक्सन तथा कार्ड अपरेसन प्रमुख प्रकाश पौडेलले साटे ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार १८:३२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।