सल्यान । आम निर्वाचनको मुखैमा नेपाली कांग्रेस सल्यानले पार्टीको जिम्मेवार पदमा रहेका २२ जनालाई कारबाही गरेको छ । पार्टीको पद्दति, निर्णय र विधान विपरीत कार्य गरेको भन्दै विज्ञप्ति निकालेर कांग्रेसले २२ जनालाई कारबाही गरेको हो ।
पार्टीको जिम्मेवार पदमा रहेका व्यक्तिहरुले पार्टीको निर्णय, पद्दति र विधान विपरीत कार्य गरेकाले कांग्रेसको विधान परिच्छेद ९ को दफा ३४ को उपदफा १ को घ बमोजिम कात्तिक २८ गते सोधिएको स्पष्टिकरण चित्तबुझ्दो नभएकाले परिच्छेद ९ को दफा ३४ उपदफा ४ को ख बमोजिम कारबाही गरेको जिल्ला सभापति केशबहादुर विष्टले बताएका छन् । उनीहरु ५ वर्षसम्मका लागि पार्टीको सदस्य समेत नरहने गरी निलम्बन समेत गरिएको उनले जानकारी गराए ।
कारबाहीमा पर्नेमा कुमाख गाउँपालिका ४ का राजेशकुमार रेग्मी(क्षेत्रीय प्रतिनिधि ), शारदा नगरपालिका २ डाँडागाउँका सचेत शाह(सदस्य), कालिमाटी गाउँपालिका १ का एकराज बुढाथोकी(सचिव, जिल्ला कार्यसमिति), शारदा नगरपालिका १३ स्यानीखालकी साबित्रा बस्नेत(सदस्य), बाग्चौर नगरपालिका १० का पवन केसी(सदस्य), कुमाख गाउँपालिका १ का गोपाल बुढाथोकी(क्षेत्रीय प्रतिनिधि), त्रिवेणी गाउँपालिका ५ का घनश्याम बोहरा(क्षेत्रीय प्रतिनिधि), कुमाख गाउँपालिका ३ का भुपेन्द्र राना(क्षेत्रीय प्रतिनिधि) रहेका छन् ।
यस्तै, बन्गाड कुपिन्डे नगरपालिका १ सल्लीबजारका शिवजंग शाह(क्षेत्रीय प्रतिनिधी), बाग्चौर नगरपालिका ७ का शेरबहादुर घर्ती(सदस्य), बाग्चौर नगरपालिका २ का बेलाराम रावत(जिल्ला समन्वय समिति सल्यानका प्रमुख), बाग्चौर नगरपालिका १ का भोला केसी(क्षेत्रीय प्रतिनिधि), बन्गाड कुपिन्डे नगरपालिका २ का मेघलाल पुन, (क्षेत्रीय प्रतिनिधि),छत्रेस्वरी गाउँपालिका १ दमाचौरका कालीप्रसाद भण्डारी( सदस्य, कर्णाली प्रदेश), कुमाख गाउँपालिका ३ का झुपलाल राना(सचिव, कुमाख गाउँपालिका), दार्मा गाउँपालिकाका १ का कृष्ण ओली(पालिका सभापति), कुमाख गाउँपालिका ६ का भिमप्रकाश ओली (पालिका उपसभापति),शारदा नगरपालिका १ का सहदेव थापा(क्षेत्रीय सभापति), सिद्धकुमाख गाउँपालिका ३ का जीवराज बोहरा (वडा अध्यक्ष), भिम रेउले (वडा सदस्य) , कुमाख गाउँपालिका ३ का जीवराज बोहरा (उपसभापति क्षेत्रिय कार्यसमिति क्षेत्र १) रहेका छन् ।





















प्रतिक्रिया