वीरगञ्ज । जनता समाजवादी पार्टीले जितको पहिलो खाता खोलेको छ । पर्सा–४ को प्रदेशसभा क्षेत्र नम्बर २ मा जसपाका सिंगासन सा कलवार विजयी भएसँगै जितको पहिलो खाता खुलेको हो । उनले १५ हजार ३८५ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत रमेश श्रेष्ठले जानकारी दिए ।
उनको निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रल्हाद साह कानुले १२ हजार ६४१ मत ल्याएका छन् । पाँच दलीय लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी नेतृ चाँद तारा कुमारी १ हजार ७६५ मात्रै ल्याएकी छन् । ०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट सिंगासन नै निर्वाचित भएका थिए ।




















प्रतिक्रिया