काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले पहिलो जित निकालेको छ । अल थुमामा स्टेडियममा शुक्रबार भएको खेलमा कतारलाई ३–१ गोल अन्तरले हराउँदै सेनेगलले पहिलो जित निकालेको हो ।
खेलको ४१ औं मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४८ औं मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगललाई २–० को अग्रता दिलाए ।
खेलको ७८ औं मिनेटमा मुहमद मुन्तारीले गोल गर्दै कतारलाई २–१ को स्थितिमा ल्याए । विश्वकपमा कतारको यो पहिलो गोल हो । त्यसपछि खेलको ८४ औं मिनेटमा बाम्बा डिङले गोल गर्दै सेनेगललाई ३–१ को जित दिलाए ।
जितसँगै समूह ‘ए’को सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ । सेनेगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । कतारको यो लगातार दोस्रो हार हो । कतार अंक विहीन रहँदै पुछारमा रहेको छ ।




















प्रतिक्रिया