Logo

खेलकुद

फिफा विश्वकप : मोरक्कोसँग बेल्जियम पराजित



काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा मोरक्कोले बेल्जियमलाई २–० गोल अन्तरले हराएको छ । मोरक्कोले अब्देल हामिद साबिरीले ७३ औं मिनेटमा गरेको फ्रिकिक गोलमा अग्रता लियो । इन्ज्युरी समयमा दोस्रो गोल थप्दै मोरक्कोले जित पक्का गर्यो ।

बेल्जियमले पनि खेलमा केही अवसर पाएको भए पनि त्यसलाई सदुपयोग गर्न सकेन । यस जितसँगै मोरक्को समूहको शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोको २ खेलमा ४ अंक तथा बेल्जियमको ३ अंक छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार २१:१७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।