एसियाली मुलुक कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० ले पराजित गरेको छ ।
स्टेडियम ९७४ मा जारी समूह चरणको तेस्रो खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई खेलको ६७औं मिनेटमा जुलियन अल्भारेजले गोल गरेपछि अर्जेन्टिनाले २-० को अग्रता बनाएको थियो ।
यसअघि खेलको ४७औं मिनेटमा एलेक्सिस माक एलिस्टरले गोल गरेपछि अर्जेन्टिनाले अग्रता बनाएको हो । उनले नाहुएल मोलिनको पासमा गोल गरेका थिए । त्यसअघि अर्जेन्टिना पाएको मौका खेर फाल्दा अग्रता बनाउनबाट चुकेको थियो ।
खेलको ३७औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । कप्तान लियोनल मेस्सीले प्रहार गरेको सो पेनाल्टी पोल्यान्डका गोलरक्षक जेनेस्कीले बिफल पारिदिए ।
तीन अंकसहित समूहको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले यसअघिका दुईमध्ये एक खेलमा जित र एक खेलमा हार बेहोरेको थियो । आज दोस्रो जित निकाल्दै अन्तिम १६ मा पुगेको हो ।




















प्रतिक्रिया