Logo

प्रमुख समाचार

सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसलाई ७४ मतको अग्रता, ३५८ गन्न बाकि



मतगणना अन्तिमतिर आइपुग्दा सुनसरी क्षेत्र नम्बर ४ मा पुनः नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता बनाएका छन् ।

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार बहालवाला सञ्चारमन्त्रीसमेत रहेका कार्कीले ३० हजार ३ सय ९ मत पाउँदा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार २ सय ४१ मत ल्याएका छन् ।

मन्त्री कार्की ७४ मतले अघि बढेका हुन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले ३१९६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३१५२ मत ल्याएका छन् । अब ६०० मत गन्न बाँकी रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार १०:४९   :  बजे

507
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।